नियम १०
छलफलको सूचना दिनु पर्ने
(१) ऐनको दफा १६. बमोजिम पीडित र अभियुक्तलाई छलफलको लागि बोलाउँदा छलफल हुने दिन भन्दा कम्तीमा सात दिन अगावै पीडित: र अभियुक्तसहित उपस्थित हुनको लागिसम्बन्धित अनुसन्धान .अधिकारी वा निजको कार्यालयलाई सरकारी वकील कार्यालय मार्फत अनुसूची-१० बमोजिमको ढाँचामा सूचनादिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम हुने छलफलमा पीडित वा अभियुक्तले चाहेमा कुनै विषय: लिखित रुपमा पेश गर्न सक्नेछ।
(३) पीडित र अभियुक्तबीच हुने छलफलमा आवश्यकता अनुसार मुद्दाको अनुसन्धानमा संलग्न अनुसन्धान अधिकारी, मुद्दाको अभियोजनमा संलग्न सरकारी वकील, पीडित तथा अभियुक्तले कानून व्यवसायी राखेकोमा त्यस्तो कानून व्यवसायी,पीडित तथा- अभियुक्तको बासस्थान रहेको क्षेत्रको स्थानीय व्यक्तिलाई समेत सहभागी गराउन सकिनेछ।
(४) . पीडित र अभियुक्तबीच छलफल गराउँदा अभियुक्तले पूर्ण वा आँशिक रूपमा स्वीकार गरेको कसूरका सम्बन्धमा मात्र छलफल गराउन सकिनेछ।
(५) पीडित र अभियुक्तबीच गरिने छलफलमा छलफलको वातावरण तथा छलफलमा प्रयोग गरिने भाषा शैली पीडित मैत्री हुनु पर्नेछ।
(६) यस नियम बमोजिम भएको छलफल तथा त्यस्तो छलफलबाट विवाद समाधान गर्न सघाउ पुग्ने गरी भएको निर्णय लिपिबद्ध गरी पीडित र अभियुक्तको सहिछ्ाप गराई फाइल संलग्न राख्नु पर्नेछ।